दफा २१
पदाधिकार कायम रहने
देहायका अवस्थामा संघीय संसद सेवाका कर्मचारीको आफ्नो पदमाथिको पदाधिकार कायम रहनेछः-
(क) त्यस पदमा कामकाज गरिरहँदासम्म,
(ख) विदामा रहेको बखत,
(ग) निलम्बन रहेको बखत,
(घ) सचिवालयद्वारा अन्य काममा खटाइएका बखत ।